घट्दै सुनको मूल्य, आज कति छ प्रतितोला ?

सुनको मूल्य आज प्रतितोलामा तीन सय रुपैयाँले घटेकाे छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य  तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको ९९ तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजावी सुनको मूल्य तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको  मूल्य पनि प्रतितोलामा १० रुपैंयाले घटेको छ । मंगलबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ४० रुपैयाँमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार