भारतको तमिलनाडुको जन्जावुरमा एक मन्दिरको रथयात्राको क्रममा करेन्ट लागेर कम्तीमा १० जनाको मृत्यु भएको छ ।
भारतीय समाचार एजेन्सी एएनआईले यो घटनामा मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ ।
तिरुचिरापल्लीका सेन्ट्रल जोन आईसजी वी बालाकृष्णका अनुसार यो घटनामा थप १५ जना मानिसहरु घाइते भएका छन् ।
वार्षिक उत्सवको क्रममा रथले हाइ भोल्टेज तारलाई छुँदा यो दुर्घटना भएको हो ।