नेपालमा विलासी उपभोग्य सामानहरु भित्र्याउने रोक लगाइएको छ । सरकारले १० प्रकारका सामान नेपाल भित्र्याउने रोक लगाएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार असार मसान्तसम्मका लागि आयातमा रोक लगाएको जनाइएको छ ।
यस्तै मन्त्रालयका अनुसार कूटनीतिक नियोगका अधिकारीहरुलाई भने त्यस्ता सामान ल्याउन बन्देज लागू हुनेछैन्। यसैगरी वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज लागू हुने छैन ।