शिवपुरी जंगलमा फेरि लाग्यो आगो

नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा आगो लागेको छ । मंगलबार अपरान्ह शुरु भएको आगलागी फैलिँदै गएको  हो ।  दिउँसो १ बजेदेखि तारे भीर नजिकै सुरू भएको आगो अहिलेसम्म नियन्त्रणमा आएको छै न।

सिम्रक एयरको हेलिकोप्टरले पानी खन्याएर आगो नियन्त्रणको प्रयास गरिरहेको छ। नजिकैको पोखरीबाट पानी लगेर सिम्रिकले आगो नियन्त्रणको प्रयास गरिहेको प्रहरीले जनाएको छ। एक वर्ष अगाडि २०७७ चैत्रमा समेत शिवपुरी जंगलमा आगलागी गएको थियो  । आगो निभाउन म्यादी प्रहरी, नेपाली सेना, नगरपालिकाको दमकलसहित अग्नि नियन्त्रक टोली र स्थानीय खटिएका छन्  ।

यसैबीच काठमाडौंको सोह्रखुट्टे स्थित म्हेपी जंगलमा पनि आगो लागेको छ । टोखास्थित सपन तिर्थ जंगलमा पनि आगो लागेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार