सत्ता गठबन्धनबाट उपमेयर पदमा उम्मेदवारी दिएका श्रेष्ठको उम्मेदवारी बदर

उपमेयर पदमा मनोनयन दर्ता गरेका दीर्घराज श्रेष्ठको उम्मेदवारी बदर भएको छ । सत्ता गठबन्धनबाट सिन्धुलीको कमलामाइ नगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएका श्रेष्ठको उम्मेदवारी बदर भएको हो ।

समानुपातिक प्रणालीको बन्दसूचीमा उम्मेदवारमा नाम कायम भएकोले सफ्टवेयरमा इन्ट्री नहुँदा उम्मेदवारी बदर भएको बताइएको छ ।

दुई महिनाअघि माओवादी केन्द्र प्रवेश गरेका श्रेष्ठ जनता समाजवादीबाट समानुपातिक बन्दसूचीमा परेका थिए ।

गठबन्धन दलहरूबीच भागभन्डामा कमलामाइ नगरपालिकाका उपमेयर माओवादी केन्द्रबाट श्रेष्ठले उम्मेदवारी दर्ता गराएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार