मेयर उठ्न राजीनामा दिएका उपसचिवले पाएनन् टिकट

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उपसचिवबाट राजीनामा दिएर मेयरको टिकट दाबी गरेका विष्णुप्रसाद भुसालले टिकट भने पाएनन् ।
भुसालले नवलपुरको देवचुली नगरपालिकामा मेयर लड्न भन्दै उपसचिवबाट राजीनामा दिएका थिए । कांग्रेसले टिकट नदिएपछि उम्मेद्वार नै नबनेका उनले राजनीति सम्भावना खेल मात्रैको बुझेको बताए ।

भुसालले भने ‘राजनीति भनेको निश्चित हुँदैन रहेछ, सम्भावनाको मात्रै खेल हुने रहेछ । एउटा प्रतिस्पर्धा थियो, अरुले नै बाजी मार्नुभयो । यो विषयमा म अहिले थप केहि भन्दिन ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार