काठमाडौं महानगरको मेयरमा ५६ जनाको उम्मेदवारी

काठमाडौं प्रमुख उपप्रमुखसहित काठमाडौं महानगरपालिकामा १६२ पदका लागि ८५७ जनाको उम्मेदवारी परेको छ ।स्थानीय तह सदस्य निर्वाचन २०७९ का कार्यक्रमअन्तर्गत ११ र १२ वैशाखमा भएको मनोनयन दर्ताका क्रममा उम्मेदवारी दर्ता भएको हो । यसमा एक पदको प्रमुखका लागि ५६ जना र एक पदकै उपप्रमुखका लागि ३१ जनाको उम्मेदवारी दर्ता भएको छ ।

५६ जना प्रमुखका उम्मेदवारमध्ये २१ जनाले दलका तर्फबाट र बाँकी ३५ जनाले स्वतन्त्र उम्मेदवार रूपमा मनोनयन पत्र दर्ता गराएका छन् । ५६ जनामध्ये ८ जना महिला छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार