विश्वकप लिग टु : अमेरिकामा हुने सिरिजमा पहिलो खेल नेपालले ओमानसँग खेल्ने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने एकदिवसिय त्रिकोणात्मक सिरिजको पहिलो खेल नेपालले ओमानविरुद्ध खेल्ने भएको छ ।

नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्ने छ । त्यसैगरी नेपालले तेस्रो खेल ओमानविरुद्ध जुन १४ र अन्तिम खेल अमेरिकाविरुद्ध जुन १५ मा खेल्नेछ ।

लिग टु अन्तर्गत नेपालले हालसम्म जम्मा १२ खेल खेलेको छ जसमध्ये ६ मा जित हात पार्दा ६ खेलमा पराजय भोगेको छ । सात टिमको सहभागिता रहेको लिग टु मा नेपाल छैठौं स्थानमा रहेको छ । ३२ खेल खेलेको ओमान ४० अंक सहित पहिलो तथा १६ खेलबाट १४ अंक जोडेको अमेरिका पाँचौ स्थानमा रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार