कोरियामा फेरि बढ्यो कोरोना संक्रमण, एकै दिन ८० हजार भन्दा धेरै संक्रमित

दक्षिण कोरियामा कोभिड १९ को संक्रमण बढ्दो देखिएको छ। कोरियाका अधिकारीले दिएको जानकारीअनुसार गएको २४ घण्टाभित्र मात्र ८० हजार जना भन्दा बढीमा कोभिडको संक्रमण भएको छ।

पछिल्ला हप्तामा कोभिडका संक्रमित बढ्दै गएकाले अहिले १ करोड ७० लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको छ। अघिल्लो हप्तासम्ममा दैनिक कम्तीमा पनि १ लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको थियो। यो हप्ता भने त्यसमा कमी आएर ३४ हजार जनामा संक्रमण पुगेको थियो।

यी संक्रमितहरु मध्ये ६१३ जना संक्रमितको अवस्था गम्भीर रहेको पाइएको पनि दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

संक्रमणबाट पछिल्लो पटक ८२ जनाको ज्यान गएको बताइएको छ। कोरियामा हालसम्म कोभिडबाट २२ हजार ३२५ जनाको ज्यान गएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार