स्थानीय तह निर्वाचनका लागि एक लाख ४४ हजार ४१६ जनाको उम्मेद्वारी (सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचनमा ७५३ वटै स्थानीय तहका लागि एक लाख ४४ हजार ४१६ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो ।

निर्वाचन आयोगले मंगलबार मध्यान्ह साढे १२ बजे सार्वजनिक गरेको विवरणअनुसार आइतबार र सोमबार गरी यो संख्यामा उम्मेदवारी दर्ता भएको हो ।

स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि निर्वाचन हुँदैछ । २०७४ को स्थानीय तहको निर्वाचनमा एक लाख ४४ हजार ४१६ जनाले उम्मेदवारी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार