ब्राउनसुगरसहित एकजना पक्राउ

काठमाडौं । मोरङको रतुवामाई नगरपालिका–३, छालगाछीबाट ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका–४ बस्ने ५३ वर्षीय खड्कप्रसाद सिलवाल छन् ।

उनको साथबाट ६८८ ग्राम अवैध ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बा७६प ४६९७ नम्बरको मोटरसाइकललाई प्रहरीचौकी महादेवाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक सिलवाललाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार