काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले स्थानीय तह निर्वाचनको टिकट वितरणमा असन्तुष्टि व्यक्त गरेका छन्। नेता घिमिरेले पार्टीमा लामो समयदेखि योगदान गरेका साथीले पार्टीमा अवसर नपाउँदा कार्यकर्ताको मनोवल गिरेको भन्दै असन्तुष्टि व्यक्त गर्दै सक्रिय राजनीतिबाट बाहिरिने उद्घोष गरेका छन्।
पार्टीमा रहेका सबै समूह उस्तै रहेको उनले आरोप लगाए । कार्यकर्तालाई अन्याय भयो भनि बोलिदिने नेता पार्टीमा नरहेको उनको निचोड छ ।
स्थानीय तहको निर्वाचन लगत्तै राजनीतिबाट अलग बस्न सक्ने उनले बताए । नेपाल विद्यार्थी संघको पूर्वअध्यक्ष रहेका घिमिरे प्रदेश १ को कांग्रेस सभापतिमा पराजय भोगेका थिए ।