छोरी, श्रीमती र छोरालाई उम्मेदवार बनाउन गठबन्धन : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफन्तहरुलाई महानगरपालिकाका मेयर र उपमेयर बनाउन गठबन्धन गरिएको व्यंग्य गरेका छन् । मनमोहन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले आफ्ना छोरा, छोरी र श्रीमतीलाई उम्मेद्वार बनाउन गठबन्धन गरिएको आरोप लगाएका हुन् ।

उनले भने, ‘कसैका छोरी, कसैका छोरा र कसैका श्रीमती उम्मेदवार बनाइए भन्ने सुन्छु। कोही आफू अस्त भएपछि भान्साबाट श्रीमतीलाई मैदानमा ल्याएको भन्ने सुन्छु। यो गठबन्धन यसैका लागि हो।’

काठमाडौंको उम्मेदवारमा कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंह मेयर, भरतपुर महानगरपालिका मेयरमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु दाहाल र विराटनगरको उपमेयरमा उपेन्द्र यादव पुत्र अमरेन्द्र यादव उपमेयरका उम्मेदवार बनेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार