विप्लवका उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन अपिल

काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनावका लागि आफ्नो प्रभाव भएको क्षेत्रहरूमा उम्मेदवारी दिएको छ ।

पार्टी निर्वाचन आयोगमा दर्ता नभएका कारण उक्त पार्टीको तर्फबाट नेता–कार्यकर्ताले स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराएका छन् ।तर, चुनावको पक्षमा नरहेको नेकपाकै अर्को समूहले भने उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

नेता धर्मेन्द्रल बास्तोला ‘कञ्चन’ले एक विज्ञप्ति जारी गर्दै एमसीसी विरोधीलाई सर्मथन गर्ने, पार्टीका सदस्यहरू स्वतन्त्ररुपमा उठ्न सक्ने पार्टीको नीति भएको भन्दै नेतृत्व तहमै भएकाले उम्मेदवारी दिनु गतल भएकोले फिर्ता लिन भनेका छ ।

‘‘उम्मेदवारमा नउठ्ने मान्यताविपरीत कतिपय कमरेडहरूले विभिन्न पदहरूमा मनोनयन दर्ता गरेका समाचारहरू सार्वजनिक भएकाले पार्टीको नीति अनुसरण गर्ने कमरेडहरूलाई नीतिविपरीत देखिने उम्मेदवारीको मनोनयन फिर्ता लिनका लागि पार्टीको सचिवालय हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार