बेलायतद्वारा रुसमाथि जासुसी उपकरणको निर्यातमा प्रतिबन्ध

बेलायतले रुसलाई वार्ता रोक्न र युक्रेनीहरुको जासुसी गर्न प्रयोग हुने इलेक्ट्रोनिक उपकरण निर्यातमा प्रतिबन्ध लगाएको छ । अन्तर्राष्ट्रिय व्यापार विभागले पनि युक्रेनबाट आयात हुने उत्पादनहरुमा लगाइएको शुल्क हटाउने घोषणा गरेको छ । युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीको अनुरोधमा बेलायतले यो निर्णय गरेको हो जसमा उनले देशको अर्थतन्त्रलाई सम्हाल्न मद्दतको आग्रह गरेका थिए ।

बेलायतले यो शुल्क हालत १२ महिनाका लागि हटाएको छ तर यसलाई पछि बढाउन पनि सकिनेछ ।बेलायतले यसअघि रुसलाई एभिएसन र स्पेससँग जोडिएको उपकरण, ओयल रिफाइनिङ आइटम र क्वान्टम कम्प्युटरजस्ता एड्भान्स टेक्नोलोजीको निर्यात पनि रोक लगाइसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार