युभेन्ट्सको पुनरागमन जित

एक गोलले पछि परेको स्थिति उल्टाउँदै युभेन्ट्सले इटालियन सिरी ए मा पुनरागमन जित निकालेको छ ।

सोमबार राति भएको खेलमा युभेन्ट्सले सासुओलोलाई २-१ अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा स्थान बनाउन बलियो सम्भावना बनाएकाे हाे ।

खेलको ३८औँ मिनेटमा जिआकोमो रास्पाडोरीले गोल गर्दै घरेलु टोली आसुओलोलाई अग्रता दिलाए । तर, अर्जेन्टिनी स्टार पाउलो डेबलाले ४५औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । खेल सकिन दुई मिनेट बाँकी रहदा मोइसे केइनले गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरे ।

जितसँगै युभेन्ट्सले ३४ खेलबाट ६६ अंक बनाएर चौथो स्थानमा रहेको छ । सासुओलो ४६ अंकसहित दशौ स्थानमा छ ।सिरीको शीर्ष स्थानमा एसी मिलान रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार