राजकुमार ह्यारी र मेघनको शाही उपाधि खोस्नुपर्ने ट्रम्पको भनाई

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती महारानी एलिजाबेथ द्धितीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलको शाही उपाधि खोस्नुपर्ने बताएका छन् ।

एक अन्तर्वातामा ड्युक र डचेज अफ ससेक्समाथि पूर्वराष्ट्रपति ट्रम्प खनिएका हुन् । राजकुमार ह्यारी आफ्नो देशप्रति निकै बेइमान भएकोसमेत उनले आरोप लगाए ।  उनलाई स्वदेश फर्किन प्रतिबन्ध लगाउनु पर्ने बताउँदै ट्रम्पले महारानीले ‘सीधै यहाँ नआउ भन्नु पर्ने’ बताए ।

रानीको स्थानमा ट्रम्प भएको भए के उनले ह्यारी र मेघनको शाही उपाधि खोस्थे ? भन्ने एउटा प्रश्नको जबाफमा ट्रम्पले अगाडि भने, ‘हो मैले खोस्थे ।’ आफू मेघनको प्रशंसक नभएको भन्दै उनले अगाडि भने, ‘बिचरा ह्यारीलाई उनको नाकले घेरेको छ । ’

पूर्वराष्ट्रपति ट्रम्पले राजकुमार ह्यारीको मेघनसँगको विवाहको ‘खराब अन्त्य’ हुनेसमेत भविष्यवाणी गरे । ड्युक अफ ससेक्स हात र घुडाँ टेकेर शाही जीवनमा फर्किन सक्ने उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार