आईपीएलमा चेन्नई पन्जाबसँग ११ रनले पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ११ रनले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ४ विकेटको क्षतिमा १८७ रन बनाएको थियो । १८८ रनको विजय लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन मात्र बनाउन सक्यो ।

चेन्नईका अम्बाती रायडुले सर्वाधिक ७८ रन बनाए । रुतुराज गायकवाडले ३० रनको योगदान गरे । पन्जाबका कागिसो रबडा र ऋषि धवनले २/२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १८७ रनको योगफल तयार पारेको थियो पन्जाबका शिखर धवनले अविजित ८८ रन बनाए । यस्तै भानुका राजपाक्षेले ४२ रनको योगदान गरे । चेन्नईका ड्वाने ब्राभोले २ विकेट लिए ।

प्रतियोगितामा पन्जाबले ८ खेलबाट ८ अंक जोड्दै छैटौं स्थानमा छ । छैटौं हार बेहोरेको चेन्नई ८ खेलबाट ४ अंक जोडेर नवौं स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार