काठमाडौं महानगरको प्रमुखमा १६३ जना, उपप्रमुखमा ८० जनाको उम्मेदवारी

काठमाडौं महानगरपालिकाकोे प्रमुख पदका लागि १६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार भएको उम्मेदवारी मनोनयनको क्रममा सोमबार राति ११ बजे निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा काठमाडौं महानगरपालिकाको प्रमुख पदका लागि १६३ जनाको उम्मेदवारी परेको हो । साथै उपप्रमुख पदमा ८० जनाको उम्मेदवारी परेको छ ।

यसैगरी, वडा अध्यक्ष पदमा ५०६, महिला सदस्यमा ३२९, दलित महिला सदस्य पदमा २४१ र सदस्य पदमा ६९१ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, ललितपुर महागरपालिकाको प्रमुख पदमा ४५ र उपप्रमुखमा २७ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । त्यस्तै, अध्यक्ष पदमा १८, उपाध्यक्ष पदमा १४ र वडा अध्यक्ष पदमा १९३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, महिला सदस्या पदमा १२६, दलित महिला सदस्य पदमा ६९ र सदस्य पदमा २६४ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै विराटनगर महहानगरपालिकाको प्रमुख पदमा ७३ र उपप्रमुख पदमा ५७ जनाको उम्मेदवारी परेको छ । साथै अध्यक्ष पदमा ५८, उपाध्यक्ष पदमा ४७ र वडा अध्यक्ष पदमा ८५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार