स्थानीय निर्वाचन : नेकपा एसले खोल्यो खाता, दुई पालिका अध्यक्ष र एक उपाध्यक्ष निर्विरोध

यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ का लागि डोल्पाका दुई जना अध्यक्ष र एक जना उपाधयक्षको एकल उम्मेदवारी परेको छ।
जिल्लाको काइके गाउँपालिका र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्ष र डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) बाट एकल उम्मेदवारी परेको छ ।

डोल्पाको  काइके गाउँपालिकाको अध्यक्षका लागि अंगदकुमार राना, छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षका लागि सेनाङ गुरूङ र डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षका लागि पेमा वाङ्जु गुरूङको एकल उम्मेदवारी परेको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार