सबै जिल्लामा पुग्यो निर्वाचन सामग्री, मङ्गबारदेखि मतपत्र ढुवानी

निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाउने काम पूरा भएको जनाएको छ ।

सोमबार नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो कुराको जानकारी दिएका हुन् ।

‘निर्वाचन आयोगले ७७ वटै जिल्लाहरुमा निर्वाचन सामग्री पठाउने काम पूरा गरेको छ । वैशाख १३ गते (मङ्गलबार) देखि मतपत्र ढुवानी गर्ने तयारी गरिएको छ’ प्रवक्ता पौडेलले भने ।

वैशाख ३० गते हुनेस्थानीय तह निर्वाचनका लागि हालसम्म ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार (करिब ८० प्रतिशत) मतपत्रको छपाई सकिएको आयोगले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार