स्थानीय निर्वाचन : एमालेले खोल्यो खाता, वडा अध्यक्ष सर्वसहमत

पूर्वी जिल्ला ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा वडाअध्यक्ष सर्वसहमत भएका छन् ।वडाअध्यक्ष र चार जना सदस्यका उम्मेदवारले मात्र सोमबार गाउँपालिका केन्द्र तापेथोकमा आएर उम्मेदवारी दर्ता गराएका हुन्। गाउँको भेलाबाट छेतेन वालुङ अध्यक्षको उम्मेदवार बने भने टासी शेर्पा, वाङग्या शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा विपना तुम्वाहाम्फे विकलाई वडा समितिको उम्मेदवारमा चयन गरेको छ।

२०७४ को स्थानीय तहको चुनावमा नेपाली कांग्रेसका छेतेन शेर्पा भोटेले १ मतले वडाअध्यक्ष जितेका थिए। पराजित भएका एमालेका छेतेन वालुङलाई गाउँलेले यसपल्ट निर्विरोध उम्मेदवार बनाएका हुन्।

सदस्यमा मनोनयन दर्ता गराएका टाँसीका अनुसार वडाबाट निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन जम्मा सात जना मात्रै आएका छन्। दुई वटा बस्ती रहेको यस वडामा ३ सय ३६ मतदाता रहेका छन्। गोलाको बस्तीमा २ सय ७६ र याङमामा ६० जना मतदाता छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार