भन्सार कार्यालयका सुब्बाविरुद्ध १ करोड ८७ लाखको भ्रष्टाचार मुद्दा

भन्सार जाँचपास परीक्षण कार्यालय तिनकुने काठमाडौंका नायब सुब्बा देवीबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।उनले १ करोड ८७ लाख ४७ हजार १४९ रुपैयाँ गैरकानुनी रुपमा कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

हाल निलम्बनका रहेका उनी २०५६ साल साउन ५ गते विचारी पदमा सेवा प्रवेश गरेका थिए। २०७५/०७६ सम्मको जाँच अवधिमा उनले ३ करोड ८९ लाख ४५ हजार बराबर सम्पत्ति जोडेका छन्।

थापाले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी बाबु कृष्णबहादुर थापा, आमा चन्द्र माया र श्रीमती विमसा राउतको नाममा राखेको आरोप पत्रमा उल्लेख छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार