धनुषाको मिथिला नगरपालिकाका पूर्वमेयर हरिनारायण महतोले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसअघि नेकपा एमालेबाट मेयर बनेका महतोको पार्टीले टिकट खोसेपछि उनले मेयर पदमा स्वतन्त्र मनोनयन दर्ता गराएका हुन् ।
पार्टीको नगर कमिटीले एमालेबाट फेरि मेयरका लागि एकल सिफारिस भएर चुनावी प्रचारप्रसारमा जुटिरहेको बेला हरिनारायणको टिकट खोसिएको थियो । अन्तिम समयमा उनले टिकट खोसेर राजाराम महतोलाई पार्टीले मेयरको टिकट दिएपछि हरिनारायण पक्षका नेता, कार्यकर्ता रुष्ट बनेका छन् ।