सिन्धुपाल्चोक नेकपा माओवादी केन्द्रबाट टिकट पाउने र नपाउने पक्षबीच झडप भएको छ । सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच घम्साघम्सी भएको हो ।
तोडफोड र झडपका कारण उम्मेदवारी मनोनयन प्रक्रियासमेत अवरुद्ध भएको छ । चौतारा साँगाचोकगढी वडा नम्बर १ र १४ को वडाध्यक्ष नेकपा एकीकृत समाजवादीलाई दिएपछि माओवादी कार्यकर्ता आक्रोशित भएर तोडफोडमा उत्रिएका हुन् ।
चौतारामा अहिले केही राउण्ड अश्रूग्याँस पनि प्रहार गरिएको छ । चौतारा झडपका क्रममा नगरपालिकामा पनि तोडफोड भएको छ । झडपका कारण एमालेका उम्मेदवारले मनोनयन गर्न पाएका छैनन् ।