टिकट खोसिएपछि प्रल्हाद क्षेत्री स्वतन्त्र उम्मेदवारी दिने तयारीमा

बर्दिबास नगरपालिकाकाे मेयरमा कांग्रेसका दुई जनाले आकांक्षा देखाएका थिए । लामाे समयदेखि चल्दै आएकाे विवादमा कांग्रेसले चिरञ्जीवी हमाललाई आधिकारिकता दिएकाे छ र मेयरकाे टिकट दिएकाे छ ।

पार्टीकाे निर्णयप्रति अस्नतुष्टि जनाउँदै अर्का आकांक्षी प्रल्हाद क्षेत्रीले भने स्वतन्त्र रुपमा उम्मेदवारी दिने तयारी गरेका छन् । उनीहरू दुवै जना साेमबार विहान एकै समय मेयरकाे उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय बर्दिबासमा पुगेका थिए ।

बर्दिबास निर्वाचन कार्यालयका प्रमुख भुपेन्द्र सापकोटाका अनुसार एउटै पार्टीको दुई उम्मेदवारको मनोनयन दर्ता गर्न नमिलेपछि उनीहरू फर्किएका थिए । ‘हामीले आधिकारिकता पुष्टि गर्न कांग्रेस पार्टीलाई पत्रचार गरेका थियौँ । अहिले हमालको आधिकारिकता भएको पुष्टि गरेको छ ।´ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार