पोखराको मेयरमा कांग्रेसबाट ऋषि सापकोटाले दिए बागी उम्मेदवारी

पोखरा महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसबाट ऋषि सापकोटाले बागी उम्मेदवारी दर्ता गरेका छन्। सत्तागठबन्धनले महानगरपालिकाको प्रमुख पद नेकपा एकीकृत समाजवादीलाई दिएपछि स्थानीय कांग्रेस नेताहरु असन्तुष्ट थिए।

कांग्रेस पोखरा महानगर समितिको पूर्व कोषध्यक्ष समेत रहेका सापकोटाले कांग्रेस भएर अन्य दलको चुनाव चिह्न मत हाल्न नसक्ने बताउँदै बागी उम्मेदवारी दिएको बताए। आइतवार कांग्रेसबाट नै विमलबहादुर कार्कीले पनि बागी उम्मेदवारी दर्ता गराका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार