महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट दुई जना टिकट लिएर मनोनयन दर्ता गर्न पुगेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहितको पत्र लिएर चिरञ्जीवी दाहाल र प्रल्हादकुमार क्षेत्री मेयरको उम्मेदवारी दर्ता गर्न गएका थिए ।
तर पछि निर्वाचन अधिकृतको कार्यालयलाई सभापति देउवाले दाहाल आधिकारिक उम्मेद्वार भएको पत्र पठाएका थिए । त्यसपछि आयोगले दाहाललाई कांग्रेसको आधिकारिक उम्मेदवार बनाएर मनोनयन दर्ता गरेको छ ।