नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दर्ता गरेकी छन्।
सोमबार दिउँसो राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर सिंहले उम्मेदवारी दर्ता गरेकी हुन्।
काठमाडौंमा गठबन्धनबाट उपमेयर भने नेकपा (एकीकृत समाजवादी)ले पाएको छ। समाजवादीले रामेश्वर श्रेष्ठलाई बनाएको छ।