मेयरको टिकट लिएर पुगेका उम्मेदवार खोटाङमा पनि कांग्रेसबाटै कुटिए (भिडियोसहित)

खोटाङको दिक्तेलमा काँग्रेसबाट मेयरको उम्मेदवार बनेका धर्मराज पोखरेल आफ्नै कार्यकर्ताबाट कुटिएका छन । उनलाई काँग्रेसका स्थानीय कार्यकर्ताले माथिको पहुँचका आधारमा टिकट लिएर आएको भन्दै कुटेका हुन । हेलिकप्टरमार्फत टिकट लिएर पुगेका पोखरेल  सिधै मनोनयन दर्ताका लागि जाँदै थिए ।

तर, कार्यकर्ताले उनलाई रोकेर हातपात गरेको स्थानीय प्रत्यक्षदर्शीले टिभी अन्नपूर्णलाई जानकारी दिएका छन । आक्रोशितले उनिमाथि थप आक्रमण गर्न सक्ने त्रासले  मनोनयनका लागि पुगेका पोखरेल अहिले प्रहरीको सुरक्षा घेराभित्र छन ।

काँग्रेस नेतृत्वले मेयरको टिकट दिने बाचा गरेर राप्रपाबाट  प्रवेश गरेकाले सोही अनुसार नेपाली कांग्रेस प्रदेश कार्य समिति १ ले  टिकट दिएपछि स्थानीय नेता तीर्थराज भट्टराई लगायतको समूह आक्रोशित थियो । उनकै समूहले पोखरेलमाथि आक्रमण गरेको हो ।

दिक्तेलमा सत्ता गठबन्धनसँग मिलेर चुनावमा गएको काँग्रेसलाई मेयर परेको छ , भने उपमेयर माओवादी केन्द्रको भागमा परेको छ । टिकटको विवादपछि यसअघि नै कांग्रेसको जिल्ला पार्टी कार्यालयमा कार्यकर्ताले ताला लगाएका छन ।

टिकटको विषयलाई लिएर काँँग्रेसबाट मेयरको आकांक्षसहित उम्मेदवारी घोषणा गरेकालाई काँग्रेसकै कार्यकर्ताले कुटेको यो चौथो घटना हो । यसअघि काभ्रे र गोरखामा पनि काँग्रेस कार्यकर्ताले आफ्नै पार्टीको तर्फबाट मेयरको आकांक्षासहित मैदानमा आएका तीनजनालाई कुटिसकेका छन ।

 

फेरि कुटिए काँग्रेसका अर्को मेयर उम्मेदवार आफ्नै कार्यकर्ताबाट

काभ्रे कांग्रेसमा लफडा : मेयरका उम्मेदवारले कुटे दाबेदारलाई

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार