फरार अभियुक्त गोली र नक्कली सुनसहित पक्राउ

काठमाडौं । प्रहरीले गोली र नक्कली सुनसहित विभन्‍न सामानहरु बरामद घटनाका फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर स्थित नरेफाँटमा बस्‍दै आएकी प्रमिला तामाङको कोठामा चेक जाँच गर्दा गोली र नक्कली सुन बरामद भएको थियो ।प्रहरीले उनीहरुको साथबाट पेस्तोलामा प्रयोग हुने ९ एमएम लेखिएको चार राउण्ड गोली र एक केजी सुन बरामद गरेको छ ।

यसका साथै उनीहरुको साथबाट नेपाली सेनाको हरियो जर्सी, सेनाकै नसिलाएको जर्सी, केशव बहादुर धानुकको नाममा रहेको राहदानी, डाइमण्ड लेखिएको किप्याड मोबाइल, नोकिया कम्पनीको कालो रङको मोबाइल, एमटीएस लेखिएको मोबाइल, विभिन्‍न व्‍यक्तिका नाममा रहेका चेकहरु, कपाली तमसुक र जन्मकुण्डलीहरु बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई प्रहरी वृत नयाँ बानेश्‍वरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार