फेरि कुटिए काँग्रेसका अर्को मेयर उम्मेदवार आफ्नै कार्यकर्ताबाट

गोरखा नगरपालिकाको मेयरको लागि काँग्रेसले उम्मेदवार बनाएका विश्वदेव श्रेष्ठ काँग्रेसबाटै कुटिएका छन । आफूलाई नेपाली कांग्रेसकै असन्तुष्ट कार्यकर्ताले हातपात गरेको पीडित श्रेष्ठले बताए । आज सोमवार उम्मेदवारी दर्ताका लागि फोटो खिचाउन गएको बेला आफूमाथि कुटपिट भएको श्रेष्ठलको भनाई छ । अहिलेका मेयर राजनराज पन्त पनि दोस्रो कार्यकालका लागि मेयरको आकाङ्क्षी थिए । उनकै निकटकाले श्रेष्ठलाई कुटपिट गरेको बुझिएको छ ।

हिजोमात्रै काभ्रेमा पनि काँगेसकोतर्फबाट मेयरको आकांक्षा राखेका एकजनालाई काँग्रेस कार्यकर्ताले नै कुटेका थिए । यसैबीच नेपाली कांग्रेसको गोरखा सदरमुकाममा रहेको जिल्ला पार्टी कार्यालयमा कार्यकर्ताहरूले ताला लगाइदिएका छन् । गोरखा नगरपालिकाको मेयर पदको टिकट बाँडफाँटप्रति उनीहरूको असन्तुष्टि रहेको कांग्रेसका एक नेताले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार