सत्तागठबन्धनबाट देशभरका महानगरपालिकाको मेयरमा को–को बन्दैछन् उम्मेद्वार ?

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्तागठबन्धनले ६ वटै महानगरपालिकामा मेयरको उम्मेदवार दुंग्याएको छ । काठमाडौं, ललितपुर र विराटनगर महागरपालिकामा नेपाली काँग्रेसले उम्मेदवार टुंगो लगाएको छ ।गठबन्धनमा भएको सहमतिअनुसार ६ महानगरपालिकामध्ये काँग्रेसले ३ र माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी पार्टीले १–१ सिट पाएका थिए ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बिहान बसेको संसदीय समितिको बैठकले काठमाडौंको मेयरमा श्रृजना सिंह, ललितपुरमा चिरिबाबु महर्जन र विराटनगरको मेयरमा नागेश कोइरालालाई उठाउने निर्णय गरेको हो । यससँगै गठबन्धनको तर्फबाट मेयरमा लड्ने सबै दलले उम्मेदवार टुङ्ग्याएका छन् ।

गठबन्धनबाटै भरतपुरको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल र पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य उम्मेदवार रहेका छन् । यस्तै वीरगन्ज महानगरपालिकाको मेयरमा गठबन्धनको साझा उम्मेदवारका रुपमा जसपाका राजेशमान सिंह रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार