सत्ता गठबन्धनको निर्णय अनुसार मनोनयन दर्ता गराउन निर्देशन

सत्तारुढ गठबन्धनले पाँच दलीय गठबन्धनको निर्णय अनुसार मनोननय दर्ता गर्न निर्देशन दिएको छ।

सोमवार बालुवाटारमा बसेको गठबन्धनमा आबद्ध शिर्ष नेताको बैठकले मनोनयन दर्ता गठबन्धनले गरेको निर्णय अनुसार गर्न निर्देशन दिएको संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।

‘बैठकमा पाँच दलको भावना र मर्म अनुसार अगाडि बढ्ने र काहीँ आन्तरिक केही असमझदारीहरु छन् भने तिनीहरुलाई समझदारीमा परिणत गर्ने कुरा भयो’ उनले भने, ‘जनमतलाई ध्यानमा राखेर आज पाँच दलको जुन निर्णय छ, त्यही निर्णय अनुसार सबैलाई मनोनयन गर्नका निमित्त निर्देशन दिने कुरा भएको छ।’

पार्टीहरुमा योगदान गरेका धेरै व्यक्तिहरु रहेकाले उनीहरु आकांक्षी हुनु स्वभाविक भएको तर, पार्टीको निर्देशन सबैले मान्नुपर्ने बैठकको निष्कर्ष छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार