बागलुङमा सत्ता गठबन्धनले टुङ्गायो मेयर र उपमेयरका उम्मेदवार

बागलुङमा सत्ता गठबन्धनले मेयर र उपमेयरका उम्मेदवार टुङ्ग्याएका छन् । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि बागलुङमा उम्मेदवार टुङ्ग्याएका हुन् ।

सत्ता गठबन्धनबाट मेयरमा बसन्तकुमार श्रेष्ठ, उपमेयरमा राजु खड्कालाई उठाउने निर्णय भएको छ । कांग्रेसले बागलुङ नगरपालिकाको प्रमुखमा बसन्तकुमार श्रेष्ठलाई उमेद्वार बनाउने भएको छ । श्रेष्ठ यसअघिको निर्वाचनमा एमालेका जनकराज पौडेलसँग पराजित भएका थिए । उनले यस पटक पुनः टिकट पाएका हुन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार