रोल्पामा विप्लवका उम्मेद्वारलाई कांग्रेस र एमालेको साथ

आसन्न स्थानीय तह निर्वाचनका लागि रोल्पाको सुनछहरी गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपा माओवादीबीच चुनावी गठबन्धन भएको छ ।

चुनावी तालमेल गरेका एमाले र कांग्रेसले विप्लव नेतृत्वका नेकपाका स्वतन्त्र उमेदवारलाई अध्यक्षमा अघि सार्ने सहमति गरेका हुन् ।

सहमति अनुसार विप्लव नेतृत्वको नेकपाबाट सो पार्टीका केन्द्रीय सदस्य अमर झाँक्री गाउँपालिका अध्यक्षको उमेदवार बन्नेछन्।

गाउँपालिकाको उपाध्यक्ष नेपाली कांग्रेसलाई दिने सहमति भएको छ । झाँक्री नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव लड्ने भएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार