गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त

गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारका प्रदेश प्रमुखलाई पदमुक्त भएका छन् । सोमबार बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्ने निर्णय गरेको हो । शेरचन र त्रिपाठी दुबै जना माओ‌वादी केन्द्रका पूर्वनेता हुन् । उनीहरूलाई  नेकपाकालीन समयमा प्रदेश प्रमुख नियुक्त गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार