हेटौंडा-२ मा कांग्रेसका बागी उम्मेदवार

हेटौंडा । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा वडा अध्यक्षका लागि नेपाली कांग्रेसका नेता सुदिप राजवाहकले बागी उम्मेदवारी दिएका छन् । आज निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा गएर उनले बागी उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

राजबाहक गत निर्वाचनमा कांग्रेसको तर्फबाट वडा सदस्यसमेत भइसकेका छन् । कांग्रेसले हेटौंडा-२ मा दुई जनालाई टिकट दिइसकेको छ । अध्यक्षका लागि रविन्द्र घिमिरे र विष्णु गोपाल महर्जनले टिकट पाएका हुन् । महर्जनले उम्मेदवारी दर्ता गराइसकेका छन् भने घिमिरे जाने तयारीमा छन् ।

उम्मेदवारी दिएका राजवाहकले भने दुई जनाले दुई तिर नै दिएर टिकट किनेको आरोप लगाए । ‘अरुले पैसा दिए मैले दिन सकिनँ, त्यही भएर मैले टिकट नपाएको हो,’ राजवाहकले भने । कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने उनको भनाई छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार