माओवादी केन्द्रले चुनावी घोषणापत्र नबाउने

स्थानीय तह निर्वाचनका लागि अधिकांश ठूला पार्टीले तामझामका साथ घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । तर माओवादी केन्द्रले भने केन्द्रबाट घोषणा पत्र वा प्रतिवद्धता पत्र नबनाउने भएको छ ।

माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि गत चैत २२ मा अपिल सार्वजनिक गरेको थियो । त्यही अपिल अनुसार स्थानीय तहले आ–आफ्नो घोषणा पत्र बनाउने बताउँछन् माओवादी केन्द्रका नेता हरिबोेल गजुरेल ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले पनि स्थानीय तहले अपिललाई मार्गदर्शन मानेर घोषणा पत्र बनाउने बताए । ‘

माओवादीले जारी गरेको अपिलमा टोल–टोलमा सहकारी र घर–घरमा रोजगारीको व्यवस्था गर्ने, एक टोल एक उद्यम–एक टोल एक उत्पादन, बेरोजगारी अन्त्य, गरिबी निवारण कार्यक्रम लागू गर्नेजस्ता नीतिगत विषय समेटिएका छन् । ती नीति अन्तर्गत नै रहेर माओवादीका कमिटीहरुले घोषणा पत्र बनाउने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार