सत्तागठबन्धनको बैठक बालुवाटारमा जारी

सत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी छ। बैठक बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको हो ।

गठबन्धन कार्यदलको बैठकमा विशेष गरी स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्रै तालमेलको विषयमा छलफल हुने बताइएको छ । आसन्न स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते देशभर एकैदिन हुँदैछ । निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।पछिल्लो समय गठबन्धन भित्रका दलहरुले पनि गठबन्धन बाहिरका दलहरूसँग तालमेल गरिरहेको भन्दै त्यसलाई गठबन्धन भित्र नै तालमेल गरेर अघि बढ्नुपर्नेमा बैठकले जोड दिने नेताहरुले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार