नेकपा एसले टुङ्गायो महानगर-उपमहानगरपालिकाका लागि उम्मेदवार, पोखरामा आचार्य

नेकपा एकीकृत समाजवादीले महानगर-उपमहानगरपालिकाका प्रमुख उपप्रमुखका लागि उम्मेदावरको नाम टुङ्गाएको छ ।

सत्ता गठबन्धनको भागबन्डामा उसले ६ महानगरमध्ये पोखरा र ११ उपमहानगरमध्ये हेटौंडाको प्रमुख पद पाएको छ । जसमा निर्वाचन लड्ने उम्मेदवारको टुंगो लागेको हो ।

पोखरा महानगरपालिकाको प्रमुखको उम्मेदवारमा धनराज आचार्य र हेटौंडाको प्रमुखमा मीना लामालाई उम्मेदवार बनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार