एमालेले खोस्यो पोखरामा दीपक पौडेलको मेयर टिकट, कृष्ण थापा बने उम्मेदवार

नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा कृष्ण थापालाई उठाउने भएको छ । एमालेले दीपक पौडेलको टिकट खोसेर थापालाई दिएको हो । पौडेल उपमहासचिव पृथ्वीसुब्बा गुरुङ प्यानलबाट टिकट पाएका थिए । यस्तै थापा भने केन्द्रीय सदस्य खगराज अधिकारीको प्यानलका हुन् ।

शनिबार पौडेललाई टिकट दिएपछि उनको पूरानो भिडियोहरु शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो ।

पौडेलको उक्त भिडियोसहितको विरोध एमालेकै नेता कार्यकर्ताले समेत गरेका थिए । उनीहरूले पार्टीबाट यसको स्पष्टीकरण खोजेका छन् भने उम्मेद्वार फेर्नसमेत दबाब दिएका थिए।

अन्ततः उनको टिकट फिर्ता लिएर थापालाई टिकट दिइएको हो । उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेद्वार बनेकी छिन् । थापा २०५४ सालमा पनि पोखराको मेयर भएर काम गरेका ब्यक्ति हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार