बागलुङमा एमालेले टुङ्गायो उम्मेद्वार

बागलुङमा नेकपा एमालेले उम्मेद्वारको टुङ्गो लगाएको छ । पाँच वटा स्थानीय तहमा एमालेले उम्मेद्वारको टुङ्गो लगाएको हो । एमालेले बागलुङ नगरपालिकाको मेयरमा बहालवाला मेयर जनकराज पौडेललाई नै दोहर्‍याउने निर्णय गरेको छ भने उपमेयरमा पवित्रा रोकालाई उठाउने निर्णय गरेको छ ।

यस्तै ढोरपाटन नगरपालिकामा पनि देवकुमार नेपाली र करमती पुनलाई नै दोहर्‍याउने निर्णय गरेको छ ।

यस्तै एमालेले काठेखोला गाउँपालिकाको अध्यक्षमा डिल बहादुर कार्की र उपाध्यक्षमा कोपिला पुन, बडिगाड गाउँपालिकाको अध्यक्षमा राजन पाईजा र उपाध्यक्षमा मिना रायमाझी, बरेङ गाउँपालिकाको अध्यक्षमा प्रदिप थापा र उपाध्यक्षमा दुर्गा कार्कीलाई उठाउने भएको हो ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीले पालिका कमिटीले गरेको सिफारिसका आधारमा उम्मेद्वार टुङ्गो लगाइएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार