काठमाडौँ महानगरपालिकामा ११६ जनप्रतिनिधिले राजिनामा दिएका छन् । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनका उनीहरूले हाल बहाल रहेको पदबाट राजिनामा दिएका हुन् ।
आइतबार ५ बजेसम्ममा वडाध्यक्ष र कार्यपालिका सदस्य गरी २९ जनाले राजिनामा दिएका छन् भने ८७ वडा सदस्यहरूले पनि राजिनामा दिएको कमपाको सहायक प्रवक्ता महेश काफ्लेले जानकारी दिए । स्थानीय तह निर्वाचन उम्मेदवारी दर्ता गर्नका लागि सरकारको स्वामित्वमा रहेको कुनै संस्थामा पारिश्रमिक पाउने भए त्यस्तो पदबाट राजिनामा दिएको निस्सा बुझाउनुपर्ने कानुनी मान्यताअनुसार जनप्रतिनिधिले राजिनामा दिएका हुन् ।
कामपाको वडा ५, ६, ७, १०, १४, २५, २६ र ३१ गरी ८ वटा वडाका अध्यक्षबाट राजिनामा आउन बाँकी छ । आजसम्म उम्मेदवारी दर्ता गर्ने समय बाँकी रहेकाले अरु जनप्रतिनीधिबाट राजीनामा आउन सक्ने कामपाको भनाइ छ । निर्वाचनमा उमेदवारी नदिने हो भने राजिनामा दिनुपर्ने छैन । कामपामा प्रमुख, उपप्रमुखसहित १६० जनप्रतिनिधि छन् ।