पाँच पटक च्याम्पियन मुम्बईको लगातार आठौं हार

पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लगातार आठौं खेलमा पराजित भएको छ । आइतबार मुम्बई लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै प्ले अफको सम्भावना लगभग सकिएको छ । आइपिएलबाट बाहिरिन मुम्बईको औपचारिकता बाँकी छ ।

जितका लागि १६९ रनको लक्ष्य  पाएको  मुम्बई २० ओभरमा ८ विकेट गुमाउँदै ३२ रनमा समेटियो । मुम्बईका रोहित शर्माले  सर्वाधिक ३९ रन बनाए । यस्तै  तिलक बर्माले ३८ रन बनाए । लखनऊका क्रुनाल पान्ड्याले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको लखनऊले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेेकाे थियाे ।लखनऊका कप्तान लोकेश राहुलले सर्वाधिक १०३ रन बनाए । यस्तै मनिष पाण्डेले २२ रन बनाए ।

मुम्बईका काइरन पोलार्डले  र राइली मेरिडीथले समान २ विकेट लिए ।

जितसंगै लखनऊ ८ खेलबाट ५  जित  सहित १० अंक बनाएर  चौथो स्थानमा छ ।  मुम्बई ८ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार