काठमाडौंको मुहारमा परिवर्तन ल्याउँछु : बालेन शाह

काठमाडौ महानगरपालिकाको मेयर पदमा बालेन शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन कार्यालय पुगेर उनले उम्मेद्वारी दर्ता गराएका हुन् । उनले आज नै घोषणा पत्र समेत सार्वजनिक गरेका छन् । ३१ वर्षीय शाह स्ट्रकचरल इन्जिनियरसमेत रहेका शाहले घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मको कल्पना गरेका छन्।

शाहले ७० वर्षमाथिका वृद्धवृद्धाको नि शुल्क स्वास्थ्य परीक्षण, घरमै पुगेर वृद्धभत्ता वितरण, व्यक्तिगत घटना दर्ता, सबै वडा र नगरपालिका स्तरमा अनलाइन भुक्तानी प्रणालीको शुरुआत, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य कागजातहरुको होम डेलिभरी, हरेक हेल्थ पोस्टको स्थापना गर्ने, कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गरेर इतिहास, योग, आयुर्वेद जस्ता पौराणिक शिक्षा दिने कार्यक्रम राखेका छन्।

यही पेरिफेरिमा बालेन शाहसँग गरिएको कुराकानीको सम्पादित अंश :

काठमाडौंको मेयरमा उम्मेदवारी दिनु भयाे । -याप र इन्जिनियरिङमा सक्रिय व्यक्ति अचानक कसरी मेयरमा उठ्ने सोच्नुभयो ?

संगीत पनि गरिरहेका छौ । सुधारका लागि ,परिवर्तनका लागि, राम्राका लागि प्रणाली परिवर्तन हुन जरुरी छ । सधै एकै प्रकारको व्यवस्था र व्यक्तिले काम र विकास गर्न नसक्न पनि गर्छ । देश व्यापी रुपमा हामीले धेरै निमार्णका काम गरेका छौं । इञ्जिनेयरिङ काम सरकारसँग जोडिएको काम हो । काठमाडौंमा अत्याधिक समस्या छ । त्यो समस्या समधानका लागि इञ्जिनेयरिङ क्षेत्रको अनुभव काम लाग्छ जस्तो लाग्यो । काठमाडौंलाई सुन्दर र विकासित नगर बनाउन सकिन्छ । भन्ने हिसाबले मैले मेयरमा उम्मेद्वारी दिएको हुँ ।

काठमाडौंको मेयर बन्नु भयो भने के-के गर्ने योजना छ तपाईसँग ?
हामी आधारभूत कुराबाट जान्छौ । उच्च स्तरको प्रविधि विस्तारै आउँदै जान्छ । हामी स्वास्थ्य, शिक्षा, जस्ता जनाताका अधारभूत समस्यालाई बढी प्राथामिकता दिन्छौं । निशुल्क स्वास्थ्य , त्यो पनि तल्लो तहका जनता सम्म पुग्ने स्वाथ्य सेवा दिन्छौ । स्वास्थ्य विमाको सुनिश्चित गर्छौ । अव्यवस्थित कर प्रणाली लगायतका थुप्रै कुराहरु छन् । यहाँ सुधार गर्नु पर्ने । विकास गर्नु पर्ने । थुप्रै कुराहरु छन् । मलाई काठमाडौंमा मान्छे आनन्दले बस्न सकोस् भन्ने लाग्छ । म काठमाडौंका मान्छेलाई खुसी बनाउँन चाहन्छु । म काठमाडौंलाई काठमाडौं जस्तो बनाउँन चाहन्छु ।

तपाईले चाहेको जस्तो काठमाडौंको विकास कसरी गर्न सकिन्छ ? कसरी सम्भव छ ?
हामीसँग डाटा छ । योजना छ । हामीसँग प्रशस्त बजेट पनि छ । हामीसँग सबै छ । तर व्यवस्थान गर्ने नेतृत्व गर्ने मान्छे सहि छैनन् । त्यसले गर्दा समस्या पैदा भएको हो । मनैदेखि समाज, देश र जनताका लागि काम गर्छु भनेर लागि परेपछि सबै कुराहरु पुरा हुन्छन् । काठमाडौंको विकास सहजै सम्भव छ ।

सहर अव्यवस्थीत छ । यो अव्यवस्थीत सहरलाई व्यवस्थित गर्ने नयाँ अवधारणा के-के छन् ?
यहाँ कंक्रिट धेरै छन् । यहाँ थुप्रै सम्पदाहरु छन् । पार्कहरु छन् । हाम्रो सभ्यता कति सुन्दर छ । हाम्रा ढुंगेधारा संरक्षणका अभावमा हराउँदै छन् । ढुंगेधारामा पानी आउँदैन । त्यसैले मानिसले संरक्षण गर्दैनन् । त्यसमा पानि आएपछि मानिसले संरक्षण गर्छन । त्यसमा पानी ल्याउने जिम्मेवारी हामी लिन्छांै । लगानी गर्नु पर्दछ । मन्दिर लगायत महत्वपूर्ण स्थानमा लगानी र संरक्षण गर्न जरुरी छ । यसले पर्यटन क्षेत्रलाई बिकास गर्छ । यो एउटा उदाहरण भयो । सबै क्षेत्रलाई यसरी नै बिकास र व्यवस्थित गर्ने हो ।

चुनाव भन्दा पहिले सबैले राम्रो काम गर्छु भन्छन्, उत्कृष्ट योजना प्रस्तुत गर्छन । तर जितेर गएपछि त्यो सबै भुल्छन् ? कतै तपाईमा पनि त्यस्तै त हुने होइन ?
म भुल्दैन । अहिले महानगरमा गर्ने भन्दा धेरै गाह्रो कामहरु मैले गरिसकेको छु । यहाँ त मलाई काम गर्न सहज छ । म राजनीति गर्न आएको होइन । म जनताको सेवा गर्न आएको हुँ । मेरो पृष्ठभूमी राजनीति होइन । मेरो लक्ष्य जनतालाई सेवा दिनु । काठमाडौंलाई विकास गर्नु हो । त्यसैअनुसार लाग्छु । सबै जनताको समस्या मलाई थाहा छ । मेयर भएको अर्को दिनबाट मेरो काम सुरु हुन्छ । पाँच बर्षमा काठमाडौंको मुहारमा परिवर्तन ल्याउँछु ।

हल्लाखल्ला त निकै छ , सामाजिक सञ्जाल प्रयोगकर्ताको भोट त पाउनुहुने भयो, तर वास्तविक मतदाताको भोट प्राप्त गर्न त कठिन छ नि ?
मैले काठमाडौंका सबैलाई भेटेको छु । सबै मतदाता सकारात्मक नै छन् । यो क्रममा मैले सबैको ईच्छा र समस्या बुझेको छुे । हावादारी कुरा गरेर म अगाडी बढ्दैन । जहाँ सम्म लाग्छ , यो पटक काठमाडौंका बासिन्दाले मलाई विश्वास गर्नुहुने छ ।

राजनीतिमा पार्टीको सिन्डिकेट छ । विगतमा पनि स्वतन्त्र उम्मेद्वार त्यति धेरै सफल भएको पाएका छैनौ । यसै पनि काठमाडौंमा राजनीतिक प्रभाव धेरै पर्छ नै ? यस्तो अवस्थामा तपाईले जित्ने आधार केके हुन् ?
काठमाडौंका जनतालाई परिवर्तन चाहिँएको छ । अरु निर्वाचनमा पनि यसको उदाहरण देखिएको छ । राजनीतिक दलका नेताहरुले विगतमा पनि यस क्षेत्रको नेतृत्व गरेका हुन । तर विकासको नाममा झैझगडा भन्दा अरु देखिएन । सहर अझ धेरै अव्यस्थित भयो । यो कुरा जनतालाई पनि थाहा छ । जानीजानी फेरि राजनीतिक दलका उम्मेद्वारलाई भोट हाल्नु भनेको नगर र शहरको अझ धेरै दुर्दशा देख्नु हो । यस क्षेत्रका जनताले अव यस प्रकारको गल्ती गर्दैनन् म ढुक्क छु । जनता नै मेरो जितका आधार हुनुहुन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार