विप्लव नेतृत्वको नेकपाका नेता योगेन्द्र कुमालले गरे मेयर पदमा उम्मेद्वारी दर्ता

विप्लव नेतृत्वको नेकपाका पूर्व जिल्ला इञ्चार्ज योगेन्द्र कुमालले मेयर पदमा उम्मेद्वारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर स्वतन्त्रतर्फबाट गोरखा नगरपालिकाको मेयर पदमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

गोरखा नगरपालिका १२ कुन्दुरटार निवासी कुमालले स्वतन्त्रबाट मनोनयन दर्ता गराएका हुन् । नेकपा निर्वाचन आयोगमा दर्ता नभएकाले उनले स्वतन्त्रबाट मनोनयन दर्ता छन् ।

गोरखा नगरपालिकाको उपप्रमुख तथा अन्य पालिका र वडाहरुमा पनि सोमबार स्वतन्त्रबाट मनोनयन दर्ता गराउने विप्लव नेतृत्वको नेकपाको तयारी रहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार