बुद्ध एयरको विमानभित्र भेटियो १० हजार ८ सय अमेरिकी डलर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङस्थलमा रोकिराखेको विमान भित्र वेवारिसे अवस्थामा प्रहरीले अमेरिकी डलर बरामद गरेको छ।  प्रहरीले आन्तरिक उडानतर्फ पार्क गरिएको विमानभित्र १० हजार ८ सय अमेरिकी डलर बरामद गरेको हो ।

एक सयका दरले एक सय ८ थान डलर बरामद भएको छ । बुद्ध एयरको उडानमा भद्रपुरबाट काठमाडौं अवतरण भएको विमानको सिटमा छालाको ह्याण्ड ब्यागभित्र वेवारिसे अवस्थामा डलर फेला परेको हो । बरामद डलर आवश्यक कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको नेपाल प्रहरीले जनाएको छ।

विमानमा एकजना चिनियाँ र एकजना अमेरिकन नागरिक सवार थिए । एयरहोस्टेजले डलर भेटेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार