नेपाली कांग्रेसका कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुनेका छन् ।
पोखरा महानगरपालिकामा चुनावी तालमेलको विपक्षमा रहेका कार्यकर्ताले जिल्ला समितिका पदाधिकारी बैठकमा रहेका बेला पार्टी कार्यालयमा थुनेका हुन् ।
कार्यकर्ताले सत्तारुढ गठबन्धनभित्र पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार कांग्रेसले पाउनुपर्ने माग गर्दै आएका छन् ।
सत्तारुढ गठबन्धनमा पोखराको मेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीले पाउने सहमति भइसको छ ।
भागवन्डामा नेकपा एसलाई पोखरा महानगरपालिका परेपछि कांग्रेस कार्यकर्ता आक्रोसित बनेका छन् ।