राष्ट्रिय परिक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका परिवर्तन गरेको छ । बोर्डले सुचना जारी गर्दै परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने गरी परीक्षाको समय परिवर्तन गरेको हो । यसअघि बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन गर्ने समयतालिका सार्वजनिक गरेको थियो ।
फेसबुकबाट प्रतिक्रिया